गोलाप्रथाबाट महिला सदस्यमा तामाङ चयन

फिल्को मिसन

४ जेष्ठ २०७९ु, बुधबार
सिमकोट । चंखेली गाउँपालिका –५ को महिला सदस्य गोलाप्रथाबाट चयन गरिएको छ । गोलाप्रथाबाट एमालेकी उम्मेदवार बेलसरा तामाङ महिला सदस्य चयन भएकी छन्। बेलसरा र कांग्रेसकी गोरीकला तामाङको समान मत आएपछि गोलाप्रथा गरिएको छ । दुबै जनाको समान ८५ मत आएको थियो।
निर्वाचन अधिकृत यामबहादुर ढकालले दुबै जनाको बराबार मत आएपछि गोलाप्रथाबाट विजेता चयन गरिएको जानकारी दिए। डाँफ आधारभूत विद्यालय मतदान केन्द्रमा कुल १९६ मत खसेको थियो। जसमध्ये २६ मत बदर भएको थियो। गोलाप्रथाका लागि गाउँपालिकाको केन्द्र पिप्लाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दुबै उम्मेदवार एक दिन पैदल हिँडेर पुगेका थिए।

प्रतिक्रिया दिनुहोस