बझाङको थलारा गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ता विच झडप, झडपमा परि ११ जना घाइते

ललित सिंह
४ जेष्ठ २०७९ु, बुधबार
बझाङ। बझाङको थलारा गाउँपालिकामा गठबन्धन र एमालेका कार्यकर्ता विच झडप हुँदा ११ जना घाइते भएका छन् । ७ जना गठबन्धनका घाइते भएका छन भने, ४ जना एमालेका घाइते भएका छन् । जसमा गठबन्धनका सुर्जन खड्का, शिव विष्ट, बम बहादुर सिंह, जनक बहादुर सिंह, ज्ञानु नेपाली, विजय जोशी, धन बहादुर थापा र एमालेका गोरे खड्का, जयबहादुर सिंह, नविन खड्का र वर्क बहादुर खड्का गरी ११ जना घाइते भएका छन् । घाइते मध्ये सुर्जन खड्का, शिव विष्ट, बम बहादुर सिंह, गोरे खड्का, जयबहादुर सिंह र वर्क खड्का गरी ६ जना लाई थप उपचारका लागि धनगडि रेफर गरिएको छ । थलारा गाउँपालिका ९ सिर्याटामा विजयी जुलुस गर्ने क्रममा एमालेका कार्यकर्ताहरुले ढुङ्गा हानेपछी गठबन्धनका कार्यकर्तालाई चोट लागेको समाजवादीका एक नेताले बताएका छन् । आफुहरुले केहि नगरेको र गठबन्धनका कार्यकर्ताले उतिकै ढुंङ्गा हान्यो भनेर आरोप लगाई कुटपिट गरेको एमालेका नेताले बताएका छन् । एमाले र गठबन्धन दुबैका नेता कार्यकर्ताहरुले सुनियोजित तरिकाले उक्त घटना भएको एक आपसमा आरोप लगाएका छन् । गठबन्धनका नेताहरुले घटनामा संङलग्नहरुको काबार्हिका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको छ भने एमालेका नेताहरु पनि उजुरी दिने तयारीमा रहेका छन् ।