हुम्लाका ६ स्थानीय तहमा गठबन्धनकै विजय

कमिलला ऐडी

५ जेष्ठ २०७९,विहीबार
सिमकोट । हिमाली जिल्लामा हुम्लामा ६ वटा स्थानीय तहमा गठबन्धनकै उम्मेरदवार बिजय भएका छन । बुधबार बिहान सम्पन्न जिल्लाका ६ वटा स्थानीय तहको निर्वाचन परिणाम अनुसार तिनवटा गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व हात पारेको छ भने तिन वटा गाउँपालिकामा नेपाली कांग्रेसले निर्वाचित भएका छन । जिल्लाको नाम्खा, सिमकोट र ताँजकोट गाउँपालिकामा माओवादी केन्द्रले विजय भएका छ भने खार्पुनाथ, सर्केघाड र अदानचुलीमा नेपाली कांग्रेसले हात पारेको छ ।
माओवादीको तर्फबाट नाम्खामा पे्रम लामा, सिमकोटमा बीजय भण्डारी (प्रतिरोध) र ताँजकोटमा लालकेश जैशीले गाउँपालिका अध्यक्ष जितेका छन् भने कांग्रेसको तर्फबाट खार्पुनाथमा कर्ण रावल, सर्केघाडमा ठानबहादुर रोकाया र अदानचुलीमा मोहनविक्रम सिंहले गाउँपालिकाको नेतृत्व विजय भएका छन् ।
नाम्खा गाउँपालिमा अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयीले १ हजार ४ सय ६६ मत ल्याएका छन भने उनका निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६ सय ६२ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्ष तग्दीर लामाले १ हजार ९४ मत प्राप्त गरेर बीजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेरदवार बनेका लाक्पानुर्बु लामाले ५सय ६५ मत प्राप्त गरे । नाम्खामा ३ हजार १ सय ८२ मत रहेकोमा २ हजार ३ सय ७१ मत खसेको थियो ।
त्यसै गरि सिमकोट गाउँपालिका गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारी (प्रतिरोध)ले २ हजार ८सय ८२ मत प्राप्त गर्दै एमालेका महेन्द्रबहादुर शाही (अविराम) लाई पराजित गरेर भण्डारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शाहीले १ हजार ९ सय ६९ मत पाएका छन् । त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सुशीला रोकायाले २ हजार ४ सय ७४ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षका निकटतम् प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले १ हजार ४ सय ५७ मत प्राप्त गरिन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका समेत रहेको खार्पुनाथ गाउँपालिकामा गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका कर्ण रावले १ हजार ८ सय १० मत प्राप्त गरि निर्वाचित भएका छन । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १ सय ९५ मत प्राप्त गरे ।उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह शाही (भरत) बिजयी भएका छन् । उनले १ हजार ८ सय७२ मत प्राप्त गरे भने उनका निटकतम् प्रतिद्धन्द्धी एकिकृत समाजवादीका शक्तिसिहं ऐडी ८ सय ५० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस