मत गणनास्थलमै कुटाइ खाएका घाईते शाहीको मृत्यु

फिल्को मिसन

५, २०७९ विहीबार
सिमकोट ।हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटाइ खाएका गम्भीर घाईते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो ।
गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना भइएरहेको बेला एकाशी बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले हमला गर्ने क्रममा तीनजना घाईते भएका थिए । तीन जना घाईतेमध्ये उनी गम्भीर घाईते भएपछि शाही लाई सोही दिन हेलिकोप्टरबाट सुर्खेत रिफर गरिएको थियो ।
घाईते शाही लाई गम्भीर टाउकोमा चोट लागेको थियो। सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो। तर शल्यक्रिया गर्ने उपकरण नभपछि नेपालगन्जको नर्सिङ होम पठाएको मृत्यक शाहीका आफन्तले जानकारी दिए ।
घाईते शाही लाई सुर्खेतमा पनि उपचार न भएपछि नेपालगञ्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि मृत्यु भएको मृत्यकका छोरा सागर शाहीले बताए। बिहीबार मृत्यकको लाश नर्सिङ होममा पोष्टमार्टम भएको छ । शाहीको मृृत्युु भएको पुष्टि प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले जनाकारी दिए । अन्य दुई जनाको भने अस्पतालमै उपचार भई रहेको छ। सोहि घटना लाई लिएर नेकपा एमालले खार्पुनाथ गाउँकमिटीले शोक विज्ञप्ती निकालेको छ । “अराजक तत्वहरुले कुटपिट गरि घाईते बनाएकामाउक्त घटनाको यथार्थ छानबिन गरि सम्लग्न अराजक कुपात्रहरुलाइ यथाशीघ्र निग्रानीमा लिइ कानुनी कार्बाहीको दायरामा ल्याइ प्रक्रिया अगाडी बढाइदिन स्थानीय प्रसासन र सरोकारवाला निकाय सबैलाई ध्यानाकर्षण गराउन गराएको छ ।”
मृत्यकका आफन्तले सो घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छन । प्रहरीले जाहेरी आएको र अब घटनामा सङ्लग्नको खोजीकार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस