हुम्लाका ६ पालिका प्रमुखद्वारा शपथ ग्रहण (फोटो फिचर)
जेठ ६, २०७९ शुक्रबार
सिमकोट । हुम्लाका नवनिर्वाचित ६ पालिका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रवार एक औपचारिक समारोहबिच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले द्वारा पालिका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपालको संविधान अनुसार गाउँपालिकाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाउने व्यवस्था अनुसार हुम्लाका ६ पालिका प्रमुखलाई शपथ खुवाइएको मुख्य निर्वाचन अधिकृत पौडेले बताउनुभयो ।हुम्लामा निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन अहोरात्र खटिने तीनै सुरक्षा निकाय, सिडिओ, राजनीतिक दल तथा पत्रकारहरूलाई सिंहले धन्यवाद दिनुभयो ।
उतरी हुम्लाको नाम्खा गाउँपालिकाका प्रेम लामा, सिमकोट गाउँपालिकाका विजय भण्डारी, खार्पुनाथका कर्णबहादुुर रावल, सर्केगार्डका ठानबहादुुर रोकाया, अदानचुुलीका मोहनविक्रम सिंह र ताँजाकोटका लालकेश जैसीले छन्। शपथ लिएका हुन् । आजै सिमकोट गाउँपालिका अध्यक्षहरूले पालिका उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण खुवाएका छन । चंखेली गाउँपालिकामा बिहीबार राती मात्र मतगणनाको परिणाम सार्वजनिक भएको थियो । हुम्लामा ७ वटा पालिका मध्ये ६वटा पालिका अध्यक्षले सपथ खाए भने चंखेली पालिका स्वतन्त्र उम्मेदारमा निर्वाचित अध्यक्ष प्यारीलाल शाहीको भने सहभागि भएनन् ।
स्वतन्त्र उम्मेदारमा निर्वाचित अध्यक्ष शाही भने मौसम बिग्रेको र हेलिकोप्टरका लागि इन्धन सकिएकोले उडान नभरेपछि भोलि विहना सिमकोट आउने कार्यक्रम रहेको बताएको छ । उक्त कार्यक्रममा निर्वाचित अध्यक्षहरूको तर्फबाट खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले अब नयाँ जिम्मेवारी काँधमा आएको र जनताको पक्षमा काम गर्ने प्रतबद्धता व्यक्त गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, संविधानसभा सदस्य रीता शाही, सुुरक्षा निकायका प्रमुख, नाम्खा र खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृतलगायत सहभागी थिए।
हुम्लाका ५४ निर्वाचन केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न भएको छ । हुम्लामा झन्डै ७९.४ प्रतिशत मत खसेकोमा हुुम्ला जिल्लमा कुुल खसेको मत सङ्ख्या २५ हजार ७सय ५४ खसेको छ । जिल्लाको कुल मतदाता सङ्ख्या ३२ हजार ६८१ रहेको थियो ।