हेलिकप्टरबाट सुत्केरी महिला उद्धार

फिल्को मिसन

जेठ ७ २०७९ शनिबार
सिमकोट । हुम्लाको चंखेली गाउँपालिका बाट अत्यधिक रक्तश्राव भएका कारणले एक सुत्केरी महिलाको आज उद्धार गरिएको छ ।
अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका –५ नेप्का ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो । बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी सुत्केरी तामाङ लाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
बिरामीको शरीर सुन्निएर श्वास प्रश्वासमा समस्या भएको र गाउँमा गतिलो स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त जसिलाल तामाङले बताउनु भयो ।तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था गम्भिर भएको आफन्त बताए । ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाइ छ ।
स्वास्थ्य केन्द्रमा प्रसूति सेवासम्बन्धी सामान्य सेवाबाहेक जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई जिल्ला अस्पतालमा पराएको छ ।

प्रतिक्रिया दिनुहोस