छत्तबहादुुर शाहीको मृत्यु बारेमा एमाले र काँग्रेस शोक व्यक्त

फिल्को मिसन

जेठ ७, २०७९
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना बाहिर कुटाइ खाएका छत्तबहादुर शाहीको मृत्यु भएको थियो । सोहि घटना लाई लिएर नेकपा एमालले खार्पुनाथ गाउँकमिटीले शोक विज्ञप्ती निकालेको छ । “अराजक तत्वहरुले कुटपिट गरि घाईते बनाएकोमा उक्त घटनाको यथार्थ छानबिन गरि सम्लग्न अराजक कुपात्रहरुलाइ यथाशीघ्र निग्रानीमा लिइ कानुनी कार्बाहीको दायरामा ल्याइ प्रक्रिया अगाडी बढाइदिन स्थानीय प्रसासन र सरोकारवाला निकाय सबैलाई ध्यानाकर्षण गराएको छ ।”
उता कुुटपिट पनि घाइतेको उपचारका क्रममा मृृत्युु भएको घटनाप्रति नेपाली कांग्रेस हुुम्लाले पनि शोक व्यक्त गरेको छ । घटनाले कांग्रेसलाई दुःखित बनाएको भन्दै एक शोक विज्ञप्ति निकाल्दै सत्य तथ्य छानविन गर्न समेत कांग्रेसले माग गरेको छ ।
कांग्रेसद्धारा निकालिएको शोक विज्ञप्तिमा सो घटनामा नेपाली कांग्रेसको नाम पनि जोडिएको र त्यसको पार्टीको नाम जोडिएकोमा ध्याकर्षण भएको भन्दै घटनाका दोषीको पहिचान गरि कानूून दायरामा ल्याउन समेत कांग्रेसले माग गरेको छ ।
मृत्यक शाहीकै बारेमा नेकपा (एमाले) पार्टीका भातृसंगठन राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष सागर शाहीका बुवा छतबहादुर शाही र मन्दिर ऐडी माथि १५–२० जनाले ढुगा मुढा,फलाको रट र लठीले आफनै घरमा बसिरहेको अबस्थामा एकाशी घाईते बनाएको आरोप लगाएको छ ।
तर नेपाली काँग्रेस जिल्ला पार्टीले “घटना को र कसबाट भएको हो तिनीहरु आवश्यक कानूूनी कारवाहीमा आउनुु पर्ने र त्यसको सत्य तथ्य छानविनका लागि आवश्यक सहयोग गर्न काँग्रेस तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।”
घटनाको छानविन कानूून सम्मत हुनुुपर्ने र एक अर्कालाई आरोप प्रत्यारोप नलगाउन समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । गत बैशाख ३१ गते गाउँपालिका केन्द्र याङ्चुु बजारमा मतगणनास्थल बाहिर नेपाली काँग्रेसका कार्यकर्ताद्धारा खार्पुनाथ गाउँपालिका –५ निवासी छत्तबहादुुर शाहीलाई कुुटेर घाईते बनाएको आरोप छ । मृत्यकका आफन्तले सो घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छ । प्रहरीले जाहेरी आएको र अब घटनामा सङ्लग्नको खोजीकार्य सुरु भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस