कार्यापालिको निर्वाचन तालिका सार्वजनिक

फिल्को मिसन

जेठ७,२०७९
सिमकोट। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिमकोट गाउँपालिकाको कार्यापालीको निर्वाचन लागि तालिका सार्वजनिक गरेको छ ।
महिला, दलित र अल्प संख्यक सदस्य पदको लागि निर्वाचन तालिका सार्वाजनिक गरेको मुख्य निवार्चन अधिकृत जगत पौडेले जानकारी बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लाले सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन सम्बन्धी कार्यतालिका प्रकासित गरेको छ । आजै शनिबार ७ गते मतादाता नामवली प्रकासित गरेको थियो भने ८ गते मतदाता नामवली सच्याउन वा छुट नाम समावेस र दरखास्त दिन छुटाएको छ। गर्ने जेठ ९ गते संससोधित, १० गते उजुरी ,११ गते मतदाता विरोधमा दिएको उजुरी उपर जाँच बुझ ,१२ गते अन्तिम नामवली प्रकासन गर्ने समय तोकेको छ ।
यहि जेठ १३ गते मनोनयन दर्ता, १४ गते उम्मेदवारको सुचि प्रकासन , १५ गते उम्मेदवारका विरुद्ध उजुरी गर्ने समय रहेको उक्त सार्वजिनकि गरेको कार्यातालिमा जनाएको छ।
त्यसै गरि जेठ १६ गते मनोपत्र जाँच तथा उजुरी उपर निर्णय गर्ने ,१७ गते उम्मेदवारको नामवली प्रकासन,१८ गते उम्मेदवारको नामवली फिर्ता लिने समय रहेको छ । त्यसै गरि जेठ १८ गते उम्मेदवारको अन्तिम नामवली प्रकासन र १८ गते चिन्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्र्यालयले बताएको छ ।
सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन जेठ २१ गते विहान १० वजेबाट शुरु हुने जनाकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस