स्वतन्त्रबाट निर्वाचित अध्यक्ष शाहीले लिए सपथ

फिल्को मिसन

जेठ ८, २०७९
सिमकोट । हुम्लाको चखेली गाउँपालिकामा स्वतन्त्रबाट उम्मेदवार दिएका निवार्चित प्यारीलाल शाही आईतबार सपथ लिएका छन्।
अध्यक्ष शाहीलाई मुख्य निर्वाचन अधिकृत एव जिल्ला न्यायधिस जगतबहादुुर पौडेलले पद तथा गोपनीयताको सपथ खुुवाएका हुन्। निर्वाचित शाही जेठ ६ गेत सहभागि नभएपछि आइतवार एकलै भए पनि सपथ ग्रहण लिएका हुन् । उनी सदरमुुकाम सिमकोटमा आज पुगेर आजै सपथ लिएको बताएको छ । यसअघि छ वटा गाउँपालिकामा निर्वाचित अध्यक्षहरुलाई सपथ खुवाएको छ । शाही शनिबार मात्रै गाउँपालिकाबाट शनिवार हेलिकोप्टरमा सिमकोट पुगेका छन । उनले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गोबिन्द शाहीलाई पराजित गर्दै स्वतन्त्रबाट निर्वाचित भएका हुन्। उनले १ हजार ६सय ९५ मत ल्याएर विजयी भएका हुन्। उनी नेपाली काँग्रेस निकट हुन्। पार्टीले टिकट नदिएपछि उनीले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्। उनलाई नेकपा एमाले र नेकपा एकिकृत समाजवादीको पनि सर्मथन रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस