हुम्लामा १५.४६ प्रतिशत बदर मत

अर्जुन बोहरा

जेठ १०, २०७९
हुम्ला । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा हुम्लामा १५.४६ प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका ७ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७९.०४ प्रतिशत मत बदर भएको हो । कूल ३२ हजार ५सय ८१ मतदातामध्ये २५ हजार ७सय ५४ अथवा ७९.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
कूल खसेकामध्ये सातवटै पदमा कूल ३हजार ९सय ८१.५६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो । विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा हुम्लाका ७ वटा स्थानीय तहमा १६ प्रतिशतसम्म मत पूर्णरुपमा बदर भएको थियो । मतदाता शिक्षा र अनुभवका कारणले यसपालीको चुनावमा अघिल्लो भन्दा बदर मतको दर घटेको जिल्ला निर्वाचन कार्यालयका सुचान अधिकारी रानको भनाई रहेको छ । ७ स्थानीय तह र ४४वडा रहेको हुम्लामा निर्वाचित हुने २३४ पदका लागि ९२०उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । नेकपा माओवादी केन्द्रबाट तिन अध्यक्ष/तीन उपाध्यक्ष, १७ वडाध्यक्ष पदमा जितेको छ ।
कांग्रेसले ३ गाउँपालिका अध्यक्ष, ३ उपाध्यक्ष, ११ वडाध्यक्ष, पदमा जितेका छन् । नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा गुमाएको छ भने ८ वडाध्यक्ष पदमा जितेको छ । त्यसै गरि नेकपा एकिकृत समाजवादीले १उपध्यक्ष सहथ १वडा अध्यक्ष पद जितेको छ । स्वतन्त्रबाट एकजना र ७ जना स्वतन्त्र बाट अध्यक्ष पद जितेका छन ।
हुम्लाका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण, पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकिएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन् । निर्वाचित जनप्रतिनिधिको मतदानबाट चुनिने कार्यकालिका सदस्यको चुनाव प्रक्रिया थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस