हुम्म्लामा निमोनिय र झाडा पखालाका बिरामी बढे

अर्जुन बोहरा

जेठ १०, २०७९
हुम्ला । गर्मी बढेसँगै हुम्ला जिल्ला अस्पतालमा निमोनिय र झाडा पखालाका बिरामीको संख्यामा वृद्धि भएको छ । जेठको दोश्रो हप्ताबाट नै बिरामीको संख्या बढेको जिल्ला अप्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।
फोहोरमैला र दूषित पानीका कारण झाडा पखालाका बिरामी बढेको उनले बताइन् । अस्पतालमा दैनिक ३० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्लाको सिमकोट गाउँपालिका , खार्पुनाथ गाउँपालिका समेत बिरामी उपचारका लागि आउने गरेको अनमि बोहराको भनाइ छ । तीन वर्षकी छोरीलाई उपचार गर्न अस्पतालमा कुरुवा बस्दै आएकी खार्पुनाथ गाउँपालिका–५ की माया शाहीले छोरीलाई निमोनिया देखिएको बताईन । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि उनले तीन दिनअघि छोरीलाई अस्पताल भर्ना गरेर बताउनु भयो ।
जेठ महिना लागेसंगै दैनिक उपचारका लागि आउने बालकालिकाको सङ्ख्या ह्वात्तै बढेको बताइन् । १५ शैयाको अस्पतालमा हालसम्म १३ जना बालबालिका मात्र भर्ना भएका छन् ।
अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य ७ जनालाई श्वास प्रस्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण १ जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ ।
अनमी बोहोराले दुुषित पानीको प्रयोग मौसममा परिवर्तन आएको वर्षा हुुँदा चिसो बढ्नुु र आमाले खानापानमा ध्यान नदिएको कारण बालबालिकाको बिरामी सख्या बढेको बताईन ।

 

प्रतिक्रिया दिनुहोस