चंखेलीमा नवनिर्वाचित अध्यक्ष शाहीद्धार भवन शिलान्यास
जेठ १२, २०७९
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाहीले आफ्नो पहिलो योजनाअनुसार, उनले पदभार ग्रहण गरेसँगै गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन्। यसअघि गाउँपालिका कार्यालय भाडाको घरमा थियो।
नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नै पालिकाको भवन निर्माण गरी छिट्टै त्यहीँबाट पालिकाको काम गर्ने बताए।
अध्यक्ष शाहीले स्वतन्त्र बाट अध्यक्ष निर्वाचित शाहीले ‘चंखेली गाउँपालिका मेरै कार्यकालमा फरक बनाएर देखाउँछु, उनले भने, ‘जनताले मलाई न्याय गरेर निर्वाचित गरेका पछि अबस्य मैले फरक ढंङ्ग बाट कार्याकाल फरक तरिकाले बनाउने बताए ।
भवनको डीपीआर तयार भइसकेको बताउँदै उनले आफूले शिलान्यास गराएको स्थानमा नै कार्यालय भवन बन्ने दावी गर्नुभयो ।