हुुम्लामा केहि वडा दलित महिला सदस्य सुन्य

अर्जुन बोहरा

जेठ १२, २०७९
सिमकोट ।स्थानीय तहका हरेक वडामा दुईजना महिलामध्ये एक जना दलित महिला अनिवार्य गरेअनुसार दलित महिला निर्वाचित हुने अबस्थामा हुम्लामा केही वडामा भने दलित महला खाली रहने देखिएको छ ।
दुुई वटा गाउँपालिकाका ८ वटा वडामा दलित महिला सदस्य खाली रहेको छ । उक्त वडाका दलित घरधुरीको बसोवास नभेटिएको कारण दलित महिला सदस्य खाली रहेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
नाम्खा र चङ्खेली गाउँपालिकाका गरी ८ वटा वडामा दलित महिला सदस्य पद खाली रहेको छ । जिल्ला निर्वाचन कार्यालयले तयार पारेको ४४ वटै वडामा निर्वाचित जनप्रतिनिधिको विवरणमा उल्लेख गरेको छ । यी वडामा दलितको बसोवास नै नहुने भएकाले उक्त पद खाली रहेको हो। दलित महिला सदस्य पद खाली हुने वडामा नाम्खा गाउँपालिकाका १, २, ३, ४, ५ र ६ छन् भने र चङ्खेली गाउँपालिका १ र ५ नम्बर वडा छन्। ती वडामा चार–चार जना जनप्रतिनिधि निर्वाचित भएका छन्।
यसअघि सात वटा वडामा दलित महिला पदमा उम्मेदवारी परेको सार्वजनिक भए पनि चंखेली १ मा पनि सो पद खाली देखिएको छ। दलित महिला सदस्यको पद खाली भएपछि हुम्लामा वडाअनुसार हुनुपर्ने जनप्रतिनिधिको संख्या पनि कम भएको छ।
दलितको बसोवास नभएका वडामा प्रतिनिधित्व नै हुँदैन तर कानुनले त्यसलाई छुट दिएको मुख्य ािर्वाचन कार्यालयले बताएको छ ।
जिल्ला भरि सात वटा गाउँपालिका र ४४ वटा वडा छन । नाम्खा र चङ्खेली गाँएपालिकामा दलित समुदायको बसोवास नरहेका कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा ६ हजार ५६४ जनामात्रै दलित महिलाको कोटामा निर्वाचित भएका थिए ।
दलित महिला सङ्घको अध्ययनअनुसार २०७४ सालमा ९२० स्थानीय तहमा २ सय ३४ प्रतिनिधि निर्वाचित भएका छन । निर्वाचितमध्ये ४० जना दलित समायका प्रतिनिधि थिए । जुन स्थानीय कार्यपालिकाको ७ जना रहेको थियो । यो पटक भने गठबन्धनका नाममा महिलाको प्रतिनिधित्व बढेको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस