सिमकोटमा कार्यपालिका सदस्यले लिए सपथ

फिल्को मिसन

जेठ १६, २०७९
हुम्ला । सिमकोट गाउँपालिकाको कार्यपालिका सदस्यहरुले सपथ लिएका सपथ लिएका छन्। नवर्निवाचित सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले पद तथा गोपनीयताको सपथ खुुवाएका हुन्।
सिमकोट गाउँपालिकाका ४ महिला र २ दलित तथा अल्पसंख्यक सदस्य गरी ६ सदस्यको लागि आईतबार सम्पन्न भएको थियो ।
गठबन्धन तर्फबाट नेपाली काँग्रेसका गुुहेला रावत , माओवादी केन्द्रकी काङ्सो लामा , कांग्रेसकी कल्पना लामा, माओवादी केन्द्रकी डाँफु बोहरले सपथ ग्रहण लिएका हुन् ।
जसमा दलित तथा अल्पसंख्यक सदस्य पदमा तर्फबाट कांग्रेसका गोपाल विक ल्याएर विजयी भएका छन्,भने अर्का सदस्य माओवादी केन्द्रका टसी विकले सपथ खाएका छन । सिमकोट गाउँपालिकाले कार्यापालिका सदस्यहरु निर्वाचित भईसकेपछि पुर्णता पाएको छ। सपथ संगै पहिलो सिमकोट गाउँपालिकाको कार्यापालिको पहिलो बैठक बसेको प्रशासिकीकय अधिकृत उजुरी रोकायाले बताए ।

 

प्रतिक्रिया दिनुहोस