नवर्निवाचित पदाधिकारी लाई कांग्रेसले गर्‍यो सम्मान

फिल्को मिसन

जेठ १६, २०७९
हुम्ला । स्थानीय तह निर्वाचनमा नवनिर्वाचित निर्वाचित पदाधिकारी नेपाली कांग्रेसले सम्मान गरेको छ । कांग्रेस सिमकोट गाउँपालिका कार्यसमितिका सभापति इन्द्र लामाले कांग्रेसको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको बताए।
उनले जनताका पक्षमा काम गर्न र निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्न निर्वाचित प्रतिनिधिहरूलाई सुझावसमेत दिए।
कार्यक्रममा कांग्रेसका नेताहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई गाउँपालिकाको विकासका लागि लाग्न सुझाव दिएका थिए।
सिमकोट गाउँपालिकामा कांग्रेसले एक उपाध्यक्ष, चार वडाअध्यक्ष, तीन कार्यपालिकाका सदस्य र दश जना सदस्य जितेको छ। उनीहरूलाई नेपाली कांग्रेस हुम्लाका पूर्वसभापति जयपति रोकायाले अबिर लगाई खादा ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा उपस्थित खार्पुनाथ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कर्णबहादुर रावललाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा संविधानसभा सदस्य रीता शाही, कांग्रेस उपसभापतिद्वय कैलाश भण्डारी र वसन्त रोकाया लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस