विद्युत महसुल आफैँले तिरिदिने वडा अध्यक्ष शाहीको घोषणा

अर्जुन बोहरा

जेठ १७, २०७९
सिमकोट । खार्पुनाथ गाउँपालिका–५का वडा अध्यक्ष भरितजङ्ग शाहीले आफ्नो वडाबासी सबैको विद्युत महसुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिक र अन्य श्रोतबाट वडामा रहेका सबै ग्राहकको विद्युत महसुल दिने उनले घोषणा गरेका हुन् । वडा अध्यक्ष शाहीको अध्यक्षतामा वसेको पहिलो वैठकले विद्युत महसुल देखि सुत्केरीलाई गाडी भाडा सम्म निशुल्क गर्ने निर्णय गरिएको बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीकै गृह जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका–५का खर्पेलगाउँमा सबै घरधुरी लाई विद्युत महसुल तिर्ने गरेको निर्णय गरेको वडा अध्यक्ष शाहीले बताए। उनी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीका छोरा भरितजङ्ग शाही हुन ।
वडा कार्यालयमा आइतबार आयोजित गरेहको पहिलो बैठकमामा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गर्नुभयो । आफ्नो कार्यकालभर इमान्दारीसाथ काम गर्ने पनि उनले बताए । वडा अध्यक्षले परिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महसुलमा खर्च र सुत्केरी महिला लाई गाडी भाडा सम्म निशुल्क गर्ने निर्णय भइसकेको वडा अध्यक्ष शाहीले बताए । उनले भने, ‘हाम्रो वडामा अन्दाजी जम्मा ५ सय ५० घरधुरी रहेको बताएका छन ।
वडा बासी कोही कसैको मृत्यु भएमा किरिया खर्च वापत १० हजार दिने, सुत्केरी महिलाको उपचार हुननसकेमा जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पुग्न निशुल्क गाडी भाडा उपलब्ध गराउने,सडक निमार्णको कार्यान्वयनमा ल्याउने, ढल निकासा गर्ने, खोला सिचाइ र आरन भवन निर्माण गर्ने र लगाएतका निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष शाहीले बताए । नेपाली काँगेसबाट खार्पुनाथ गाउँपालिका–५बटा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस