कामु प्रधानन्यायाधीस कार्कि हुम्लामा आउदै, यस्तो छ भवन उद्घाटन कार्यक्रम

जेठ १७, २०७९
हुम्ला । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की पहिलो पटक हुम्ला आउन लागेका छन्।
बुधबार हुम्ला जिल्ला अदालतको उद्धाटन गर्नको लागि मुकायम प्रधान न्यायाधीशमा कार्की आउन लागेका हुन । जेठ १८ गते विहान ८ वजे हुम्ला जिल्ला अदालतको उद्धाटन हुने भएको हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताए ।
प्रधानन्यायाधीश कार्की सहित सर्वोच्च अदालतका वरिष्ट न्यायाधीश हरिकृष्ण कार्की, रजिष्टार नारायण पन्थी, सर्वोच्च अदालतका सह रजिष्टार बाबुराम दाहाल लगायत ६ जना हुम्ला जिल्लामा आउने भएका हुन । भवन उद्घाटन कार्यक्रमपछि उनले जिल्ला अदालतको अनुमगन तथा निरीक्षणसमेत गर्नेछन्। हुम्लाको कार्यक्रमपछि उनी जुम्ला जिल्लाको उच्च अदालतको निरीक्षण गर्नेछन्। त्यसपछि दिउसो नेपालगंज फर्कने कार्यक्रम रहेको छ। आज भने उनले डोल्पा र मुगु जिल्ला अदालतको निरीक्षण गरेका छन् भने मुगुमै बास बस्ने छन्। सर्वोच्च अदालतबाट उच्च तहको निरीक्षण भ्रमण हुम्लाका लागि भने पहिलो पटक हो। उनी हेलिकप्टरमा हुम्ला आउन लागेका हुन्।