का.मु. प्रधान न्यायाधीश कार्की द्धारा हुम्ला अदलतको भवन उद्घाटन (फोटो फिचर)

अर्जुन बोहरा

जेठ १८,२०७९
अर्जुन बोहरा
सिमकोट । जिल्ला अदालत हुम्लाको नवनिर्मित भवन बुधबार उद्घाटन गरिएको छ । ३ करोड ६७ लाख ११ हजार ६सय ६२ रुपैया ३४ पैसाको लागतमा नवनिर्मित भवन उद्घाटन सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशमा दिपक कुमार काकीले उद्घाटन गर्नुभएको हो ।
शहरी विकास तथा भवन निर्माण मन्त्रालयले रकम विनियोजन गरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट ठेक्का आब्हान भई धुलिखेल निशान कुवर जे भि बानेश्वर काठमाण्डौंले निर्माण सम्पन्न गरेको थियो ।
हुम्ला जिल्लाका श्रेस्तेदार शाखा अधिकृत शिवलाल पान्डेले २०७२ साल कार्तिकमा सिलन्यास गरेका थिए । उक्त भवनको निर्माण कार्य २०७७ साल बैशाख ३ गते सम्पन्न भयो । २८ कोठा रहेको भवनमा अपाङ्ग र सवै पक्षलाई सहज हुनेगरि निर्माण गरिएको छ । सुविधा सम्पन्न भवनमा एक वटा न्यायधीस च्याम्बर कक्ष, सुविधा सम्पन्न इजालश कक्ष, तारबार, छुट्टै हिरासत कक्ष, विषयगत मुद्दा फाँट र सार्वजनिक शौचालय जस्ता संरचना निर्माण गरिएको छ ।
उक्त भवनको उद्घाटन पछि बोल्दै कायम मुकायम प्रधानन्यायाधीशमा कार्कीले न्यायपालिकाको काम कारवाहीको सन्दर्भमा उठ्ने गरेको चासो सरोकार र टिप्पणीलाई सम्बोधन गरि न्यायिक सुसाशन कायम गर्न अग्रसर रहने बताउनुभयो ।
प्रधानन्यायधिश कार्कीले काममा ढिला सुस्ती, अनियमितता कुनै कसुर बाँकी नराख्ने बताउँदै सेवाग्राहीलाई अनावश्यक दुःख वा हैरानी कसैबाट पनि गर्न नहुने बताउनुभयो । उहाँले न्यायपालिकाको स्वायत्तता र निष्पक्षता आच आउन नहुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ट न्यायाधीश हरिकृष्ण कार्की, रजिष्टार नारायण पन्थी, सर्वोच्च अदालतका सह–रजिष्टार बाबुराम दाहाल, समन्वय समिति हुम्लाका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष शुसिला बम (रोकाया), प्रमुख जिल्ला अधिकारी सिता नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । आजै जुम्ला जिल्ला अदलत कार्यालयको नविनिमार्ण भवनको उघभाटन रहेको छ । ‘

 

 

 

प्रतिक्रिया दिनुहोस