धुले मैदानमा हुम्लाका खेलाडीहरु व्यस्त

जेठ १८,२०७९
सिमको । हुम्लाका पूर्वधारविना खेलाडीहरु धुले मैदानमा रमाउन बाध्य छन् । हुम्लामा कलिला खेलाडीहरु धुलाम्मे खेल मैदानमा फुटबल खेलको अभ्यास गरिरहेका छन ।फुटबलको अभ्यास र तालिम लिनका लागि रंगशाला व्यवस्थित नहुँदा उनीहरु धुलाम्मे मैदान खेल्दै आएका छन्।
ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहेकी १३ वर्षकी सविस्ता रावतले बाध्यताले धुलाम्मे मैदानमा सिक्दै गरेको बताइन्। बिहान र बेलुका शनिबार बाहेक दैनिक प्रशिक्षण लिइरहेको बताइन्।
दुई सिफ्टमा आफूजस्तै ८० जना बालबालिकाले ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहेको उनले जानकारी दिइन्। मैदान व्यवस्थित नहुँदा चोट लाग्ने र कपडा फोहोर हुने भए पनि खेलाडीहरु रमाएरै खेलिरहेका छन्।
हुम्ला फुटबल एकेडेमीका प्रशिक्षक बिष्णु रावतले प्रशिक्षण गर्ने मैदानको अभावमै अधुरो ढुंगा माटो भएको खेल मैदानमा खेलाडी प्रशिक्षण लिइरहेको बताए।
अन्य जिल्लामा रंगाशाल व्यस्थिती निमार्ण गरेका छन तर हुम्लामा भने जस्तो खेलाडी लाई अझै कष्टपूर्ण मैदानमा फुटबल खेल्न वाध्य प्रशिक्षक रावतको भनार्ई छ ।
हुम्लामा फुटवल प्रतियोगिता अवलोकन गर्न सजिलोका निम्ति काठकोे प्याराफिट निर्माण गरेर भएपनि खेल्नु परेको छ । मापडण्ड अनुसारको रंगशाला नहँुदा हुम्लाका खेलाडीले भनेजस्तो प्रगति गर्न सकेका छैनन् ।
खेलमैदानमा करौडौ रुपैंयाँ खर्च गरेर रंगशाल निमार्ण गरेतापनि साँगुरो मापदण्ड अनुसार नबनाएले फुटवल खेल प्रतियोगिता संंचालन गर्नुपरेका आयोजकहरुको भनाई छ । सिमकोट सिमसंगै बनेका हिलाम्मे, धुलाम्मे र ढुङ्गासहितको मैदानमा जोखिमपूर्ण फुटबल खेल्न खेलाडी बाँध्य भएको बताएका छन ।
व्यवसायिक खेलाडी उत्पादनका लागि गाँउघरमा बार्षिक एक दर्जनभन्दा बढी फुटबल खेल आयोजना हुने गरेका छन् । हालै स्थानीय तहका जनप्रतिनिधिहरुले हुम्लामा आधुनिक र व्यवस्थित खेलका लागि रङ्गशाला निर्माणमा पहल गरी धुले मैदान विस्थापन गर्न जरुरी छ । हुम्ला फुटबल एकेडेमीले उक्त प्रशिक्षणको गराइरहेको छ।