सिमकोटमा तिन महिना सिलाईकटाई तालिम उद्घाटन

फिल्को मिसन

जेठ १९,२०७९
हुम्ला । सिमकोट गाउँपालिकामा तिन महिने सिलाईकटाई तालिम सुरु भएको छ। साहरा समुहको आयोजनामा सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा विपन्न महिला र फरक क्षमताका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।प्रमुख जिल्ला अधिकारी सिता परियार शिलाई कटाई तालिमको उद्धघाटन गर्नुहुदै
कार्यक्रमकको प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति हुम्लाका समन्वय प्रमुख दान बहादुर रावतले उक्त तालिमको उद्घाटन गर्दै प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक भएकोले र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु सिकेर पछि व्यवाहार लागु गर्नुे पर्ने बताउनुभयो ।
तिन महिने सिलाई कटाई तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सिता परियारले सिपले मानिस लाई आत्मानिर्भर बनाउँन सहयोग गर्ने भएकाले राम्रो संग बुझेरसिलाई कटाएको तालिम गर्नु पर्ने निदेर्शन दिनुभयो ।
आफुस्वयमले दश पन्ध बर्ष सम्म आफुले शिलाई कटाई गरेको बताउँदै सिलाईमा र्फरमुला हुन्छ,ठयाक्कै नापेको भागबाट आधा इन्चको राख्ने भन्ने हुन्छ । हरेक लुगा सिलाउने,काट्ने लगायतको विधी हुन्छ । तेतिकै जर्वजस्ती लुगा काट्छौ भनेर हुँदैन शिलाउने विधी हुन्छ, उहाँकाले बताउनु भयो । उहाँले सिपले तालिममा मात्रै सिमित नराखेर आयआर्जन गर्ने बाटो देखाउन सहयोग हुने बताउनु भयो । तालिममा १० जना प्रशिक्षार्थी सहभागि रहेको साहारा समुहका अध्यक्ष सुरेश अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस