मृत्यक आमाको नाममा पाँच लाखको अक्षय कोष स्थापना

अर्जुन बोहरा

जेठ १९,२०७९
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका–१ की स्वर्गीय डोमा तामाङको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारी पाँच लाखको डोमा अक्षय कोष स्थापना गरेका छन ।
आमाको वार्षिक पुण्यतिथिको अवसर पारि छोराछोरीद्वारा ‘डोमा तामाङ शिक्षा सहायता अक्षय कोष’ स्थापना गरिएको छोरा छिटुप लामाले बताए । विपन्न, जेहेनदार विद्यार्थीलाई उक्त कोषबाट बर्सेनि छात्रवृत्ति प्रदान गर्न लामाले जानकारी दिनुभयो ।उनले स्वर्गीय आमाको सम्मान, सम्झना र खाँचोमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यसाथ कोष स्थापना गरिएको बताए।                                                                                                  स्वर्गीय डोमा तामाङ
नाम्खा गाउँपालिका– १ को शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले ६ जना दाजुभाइ तथा दिदी बहिनीले कोषमा सहयोग गरेका हुन । छोराछोरीहरु, ईश्वर बहादुर लामा, छिटुप लामा, खाण्डु तामाङ्, पाम तामाङ्, छोमु लामा र शान्ति लामा लामा परिवारका हुन् ।
उक्त कोषको रकमबाट वार्षिक २ वटा डोमा तामाङ उत्कृष्ट विद्यार्थी अवार्ड र डोमा तामाङ विपन्न तथा जेहेन्दार विद्यार्थी लाई छात्रवृत्ति कार्याक्रम रहेको छोरी छोमु लामाले बताईन । यसबाट शैक्षिक वर्षको अन्तिम परीक्षामा वार्षिक शैक्षिक कार्यसम्पादन मूल्यांकन गरी योग्यताका आधारमा प्रत्येक वर्ष २ जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिने उनले बताईन । यस वर्षका लागि २जनालाई छात्रवृत्ति प्रदान तयारी भएको बताए । दुुवै छात्राले वार्षिक ३० हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस