तीन दिनदेखि ‘रिफर’ गरिएका दुई बिरामीको उद्धार

भक्तराज ऐडी

जेठ २१,२०७९
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–६ का ६५ वर्षीय रुपधन बुढाथोकी र सोहि गाउँका ७ बर्षिय केपी ऐडीको उद्धार गरिएको हो ।
लामो समय देखि दम रोगका कारण थला परेका बुढाथोकी बराई गाउँ बाट १ लाख तिरेर हेलिकप्टर बाट उद्धार गरि सदमुकाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचार हुन नसक्ने अबस्था भएको भन्दै हुम्ला अस्पतालले जिल्ला बाहिर ‘रिफर’ गरिए पनि अस्पतालमै बस्न बाध्य भएका थिए । जिल्ला प्रशासन कार्यायले पहलमा हुम्लाबाट २ जना बिरामीको शनिबार उद्धार गरिएको हो ।
जिल्ला अस्पताल हुम्लाले रिफर गरिए पनि आर्थिक अभावका कारण र जहाजको टिकट नपाएकैकारण विरामी जिल्ला बाहिर जान सकेको छैन । तीन दिनअघि अस्पतालले उपाचार हुन नसक्ने भन्दै रिफर गरिएका बिरामीले टिकट नपाएर अस्पतालमा बस्न बाध्य हुँदै आएको आज उद्धार गरिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्।
विरामी बुढाथा लाई दमको बिराम लागेर श्वासप्रश्वास समस्या देखिएपछि चिकित्सकहरुले जिल्ला बाहिर रिफर गरेका थिए।
त्यसैगरी अर्का बिरामी सोही गाउँपालिका ६ नम्बर वडाकै वर्ष ७का केपी ऐडी रहेका थिए। घाईते बालक ऐडी रुख बाट खसेर टाउकोमा गम्भीर चोटका कारण हेलिकप्टर बाट जिल्ला अस्पताल पुर्याएका बालकको पनि रिफर गरिएको थियोे ।
बुधबार र बिहीबार लगातार उडान नभएकै कारणले शनिबार उडान भरेका छन । अस्पतालमा उपचार नहुने भएपनि बाहिर जान नपाए पछि दुवै बिरामीलाई अस्पतालकै वार्डमा राखिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकरी अनुपम पौडेलल रिफर गरिएका बिरामीलाई नेपाल एयरलाइन्स र तारा एयरका पाइलटसँग विशेष अनुुरोध पनि उद्धार भएको बताए। यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ

 

प्रतिक्रिया दिनुहोस