गैर सरकारी संस्था महासंघ नेपाल हुम्लाको अध्यक्षतामा जनक बुढा

अर्जुन बोहरा

जेठ२१,२०७९
सिमकोट । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाँखा हुम्लाको पाँचौं अधिबेशन तथा बार्षिक साधारण सभा सिमकोटमा सम्पन्न भएको छ ।
अधिबेशनले जनक बुढाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समितिको चएन समेत गरेको छ । जसको उपाध्क्षमा काली बहादुर भण्डारी,सचिबमा तिलसरा विक,उपसचिबमा नवराज रावत,कोषाध्यक्ष छोमु लामा,र सदस्यमा क्रमशःगोविन्द शाही,विनोद लामा, पेमाडोमा लामा र राज बहादुर भण्डारी लाई निर्बाचित गरेको छ ।
यस अघि अधिवेसनको एक कार्यक्रमको बिच उद्घाटन गर्दे एनजिओ फेडे्रसनका केन्द्रिय सदस्य बिसु रावले गैरसरकारि संस्थाले देशको विकासमा योगदान पुर्याएको बताउँदै स्थानीय, प्रदेश तथा केन्द्र सरकारसंगको समन्वयमा वेरोजगार हटाउने कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राख्नु थिपर्ने बताईन ।
पुर्व अध्यक्ष प्रवत सुनारले आफनो भनाई राख्दै गैरसरकारी संस्थाले सरकारसंग प्रत्यक्षरुपमा नजिक रहेर पुलको काम गरीरहेको भन्दै निति निर्माण र कार्यान्वयनमा गैर सरकारी संस्थाको अहम भूमिका रहेकोले यसलाई सबैको समर्थन र सहयोगको आबस्यकता रहेको बताउनु भएको थियो ।
यस्तै नेपाल रेडक्रश सोसाइटी हुम्ला शाँखाका मन्त्री छेपालदोर्जै लामा बोल्दै राष्ट्रको परिवर्तनमा गैर सरहकारी संस्थाको ठूलो योगदान रहेको चर्चा गर्दै गैरसरकारी संस्थाका विषयमा स्पष्ट नीति र कानुनको आवश्यकता रहेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका स्काउट संयोजक कमल बोहराले अधिबेसन सफलताको शुभकामना दिदै आगामी दिनहरुमा गैर सरकारी संस्था महासंघले शुसासन र शान्ती कायम गर्नको लागी सबैलाई खबरदारी गरोस भन्दै अधिवेसन सफलताको शुभकामना दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस