विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण

फिल्को मिसन

जेठ२२,२०७९
हुुम्ला । नेपाली सेनाको बराह दल गुल्म रानीवन व्यारेकमा रहेको सामुदायिवनमा वृक्षारोपण गरेको छ । विश्व बातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै सामुदायिक वन तथा सिमकोट –५ संग जोडिएको बनामा डिभिजन वनकार्यालय हुम्लासंग समन्वय गरी वृक्षारोपण गरिएको हो । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न स्थानिय जातका विरुवा वृक्षारोपण गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताउनुुभयो ।
डिभिजन वन कार्यालय हुम्लाले उपलब्ध गराएर स्थानिय जातका चुुली (आरु प्रजातिको बिरुवा) तथा सल्लाका विरुवाहरु वृक्षारोपण गरिएको हो ।
विरुवा रोपिसकेपछि हुर्काउनुपर्ने दायित्व सबैको रहेको बताउँदै जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलले खाली जमिनमा वृक्षारोपण गरेर ढाक्न सकियो भने बाढी पहिरो भुक्षय जस्ता प्राकृति प्रकोप कम गर्न सकिने बताए ।
प्रजिअ परियारले वृक्षारोपणका सन्दर्भमा जानकारी दिदै विरुवा रोपिसकेपछि हुर्काउने कार्यमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस