निर्माण सामग्री मुख्य सिजनमा नपुगेपछि पहल गरिदिन सचिव रोकायाको आग्रह

जेठ २२,२०७९
हुम्ला । सिमकोटमा निर्माणका सामग्री र दैनिक उपभोग्या सामानाहरुको ढुवानी नभएपछि तत्काल समस्या समाधानका लागि पहल गरिदिन सिमकोट गाउँपालिका लाई हुम्ला निर्माण व्यावसाय संघले आग्रह गरेको छ ।
एक मात्र हवाई मार्ग भएकोले ४ महिना देखि जहाज नचलेकोले निर्माणका सामग्री र दैनिक उपभोग्या सामानाहरुको ढुवानी हुन सकेन । आसारमशान्त नजिकै आउँदा लाग्दा निर्माण सम्पन्न हुनै लागेको योजनाहरु समस्यामा परेको हुम्ला निमार्ण व्यवसायी संघका सचिव बुद्ध रोकायाले बताउनु भयो । हुम्ला निमार्ण व्यवसायी संघले भनेको छ “जिल्ला भित्र संचालन भएका निमार्ण कार्याहरु निमार्ण व्यवासायीहरुको काबुमा बाहिरिको परिस्थितीले गर्दा समयमै सम्मन्न नहुने देखिएकोले आयोजनाका समस्या बुझी सम्बन्धित निकायामा पहल गरिदिन ”सिमकोट गाउँपालिका लाई आग्रह गरेको छ ।
सिमकोट गाउँपालिकामा अत्यावश्यक निर्माण सामग्री समयमै ढुवानी हुन नसक्दा निर्माणका कामहरु रोकिएको छ ।
असारभित्रै सम्पन्न हुने लक्ष्य लिएका दर्जनौँ योजनाको कामाहरु जहजले ढुवानी नगरेपछि निमार्ण व्यवसायीकोे दुःख समस्या भोग्नु परेको बताए ।
नेपालगन्ज र सुर्खेतमा रोकिएका निमार्ण सामग्रहीहरु जहाज बाट सिमकोटमा भित्रयाउन कोसिस गरे पनि सबै प्राइभेट कम्पनीका जहाजहरु पुर्वनेपालमा उडान भरेपछि समस्या भएको बताए ।
नेपालगन्ज र सुर्खेतबाट आयात गर्नुपर्ने निमार्णका सामग्रीहरु ल्याउन नसक्दा अधिकांश योजनाका काम प्रभावित भएका छन । शहिरिय क्षेत्रमा पाउने सिमेन्ट, छड, सिचाईका पाइप लगायतका सामग्रीहरु ढुवानी हुन नसकेपछि अब छ ६ महिना पछि धकेलिने छ ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा हुम्लामा महँगो भाडा तिरेर जहाजमार्फत निर्माणका सामग्री र दैनिक उपभोग्या सामानाहरुको ओसार्नुपर्ने बाध्यता छ ।