प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबिच भेटवार्ता

फिल्को मिसन

जेठ २२,२०७९ ।
काठमाडौ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबिच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।
यसैगरि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबिच नागरिकतालगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस