मधेस प्रदेशले ल्यायो १६९ बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)

जेठ २२,२०७९
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १सय ६९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले अत्यन्त विपन्न, कुनै नियमित पारिवारिक आयस्रोत नभएका नागरिकलाई परिचयपत्रको आधारमा जीवननिर्वाह खर्च रकम उपलब्ध गराउने उल्लेख गरेको छ।
यस्तै प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्न तयार तर रोजगारको अवसरबाट वञ्चित रहेका युवाहरुलाई नवीन उद्यममार्फत स्वरोजगार प्रदान गर्न सीप, स्रोत र साधन उपलब्ध गराउने उद्देश्यले गरीखाने अभियान सञ्चालन गर्ने सरकारको भनाइ छ।
‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत प्रदेशका सामुदायिक विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रविधिमा पहुँच पु¥याउनका लागि एक थान ल्यापटप दिइने छ।
कृषिलाई प्रवर्द्धन गर्न ‘सिँचाइ मे लगानी किसान के खुशहाली’ नारालाई सार्थक बनाउन सतह सिंचाई ( मझौला सिंचाई प्रणाली) तथा भूमिगत सिंचाई प्रणालीलाई अझ सघनताका साथ अगाडि बढाइने नीति लिइएको छ।
ग्रामिण तथा शहरी वन विकासका लागि ‘जहाँ बाटो, त्यहाँ रुख, जसले ल्याउँछ परमसुख’ नारालाई चरितार्थ गर्न स्थानीय तहको समन्वय र सहकार्यमा सडक किनारमा बिरुवा रोपिने नीति लिइएको छ।
प्रदेश सरकारले दुधमती– महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, पर्सा जिल्लाको प्रशिद्ध बौद्ध धार्मिक स्थल भिष्वा मठलाई वीरगञ्ज महानगरपालिकाको सहकार्यमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सरकारले जनाएको छ।