कर्णाली प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम भोली प्रस्तुत गरिदै

फिल्को मिसन

जेठ २३,२०७९
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम भोली सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने हुनुभएको छ ।
विगतका अधुरा योजनालाई कार्यान्वयन गर्ने विषय प्राथमिकताकमा राखिएको छ भने विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकतामाथि प्रदेशसभा सदस्यले छलफलका क्रममा दिएका सुझाव समेटेर नीति तथा कार्यक्रम तयार पारिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश मन्त्रिपरिषद्को हिजोको बैठकले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि आगामी असार १ गते प्रदेश सरकारले बजेट ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस