असार–१ गतेदेखि मतदाता नामावली संकलन गर्ने

फिल्को मिसन

जेठ २३,२०७९
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यलाई अघि बढाउने भएको छ ।
स्थानीय तह निर्वाचनका कारणा रोकिएको मतदाता नामावली संकलन कार्यलाई असार १ बाट निरन्तरता दिने सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो।
ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्
आयोगका अनुसार १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सक्नेछन् ।

यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

‘आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा हार्दिक आग्रह गर्दछ’ आयोगले विज्ञप्तिमा भनेको

प्रतिक्रिया दिनुहोस