जुम्लामा बाली जोगाउन हेरालो (चौकिदार) राख्ने चलन कायमै

फिल्को मिसन

जेठ २४,२०७९

जुम्ला । वर्षेनी बाली जोगाउन हेरालो (चौकिदार) राख्ने जुम्लामा चलन अझै कायमै छ । वर्षे बालीहरुलाई संरक्षण गर्न पातारासी गाउँपालिका वडा नम्वर २ तल्फी गाउँका स्थानीयले ६ जना हेरालो (चौकिदार) राखेका छन् । स्थानीयहरूले लगाएको मकै, कोदो, जौ, आलु, फापर, सिमी लगाएत खेती जोगाउन हेरालो राख्ने गरिएको हो । जसले गाउँका नागरिकले गरेको खेतीको संरक्षण गरिदिन्छन् र त्यस वापत पारिश्रमिक लिन्छन् । यस्ता हेरालोलाई पहिले पाथी भरेर दिने चलन भएपनि हाल अहिले नगद दिने गरिएको छ । वडाका सबै नागरिक मिलेर हेरालोलाई १ जना बराबर ६ महिनाको ३० हजार दिने गरिएको छ । समाजका विपन्न परिवारका तर काम गर्न सक्ने व्यक्ति छानेर हेरालो राख्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस