बेलायतका प्रधानमन्त्री जोनसोनलाई विश्वासको मत

फिल्को मिसन

जेठ २४,२०७९
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँलाई आफ्नै पार्टी भित्रैबाट विद्रोह गरेर संसदमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो । जोनसनलाई २ सय ११ सांसदको समर्थन मिलेको छ भने १ सय ४८ सांसदले विरुद्धमा मतदान गरेका छन् । बहुसङ्ख्यक सांसदले उहाँको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ५४ सांसदले विश्वासको मत परीक्षण गर्नुपर्ने माग गरेका थिए । विश्वासको मत प्राप्तसँगै उहाँ अब एक वर्षका लागि सत्तारूढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने निश्चित भएको छ । कोरोना महामारीको क्रममा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा खुशीयाली मनाउने विषयमा प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीभित्रसमेत चर्को आलोचना भएको थियो । तर, उहाँले यस विषयमा माफी मागिसक्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस