हुम्लामा यातायात व्यवसायीको मनपरी, यात्रुबाट तेब्बर भाडा असुल्दै

जेठ २४,२०७९
हुम्ला । इन्धनको मूल्यवृद्धि भएको भन्दै दक्षिण हुम्लाका तिन गाउँपालिकामा चल्ने सवारीसाधनले मनपरी भाडा असुलिरहेका छन् । यात्रुहरु घर पुग्नैपर्ने बाध्यताबीच व्यवसायीहरुले मनपरी भाडा असुलेको यात्रुहरुको गुनासो छ
कर्णाली करिडोरको हुम्लाखण्डको सलीसल्लादेखि कवाडी र बाजुराको कोल्टीसम्म यातायात व्यवसायीले निर्धारित भाडादरभन्दा तेब्बर असुल्ने गरेको खुलासा भएको छ ।
दक्षिण भेकका ताँजकोट,अदनुचुली,सर्केगाड र चंखली गाउँपालिकाका खडकखण्डमा तेब्बर भाडा असुली गरिरहेको यात्रुहरुको गुनासो छ । आबाश्यक कामको लागि सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भएपनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएको ताँजकोट स्थानीय राजेन्द्र परियारले बताए ।
सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सीमाना सलीसल्लादेखि बाजुराको कोल्टीसम्म गाडी भाडा २ हजार२ सय तिर्नुपरेको यात्रु जानकी ऐडीले बताइन्। उक्त खण्डको लम्बाइ ६८ किलोमिटर रहेको छ। नले प्रतिकिलो मिटर ३२ रुपियाँभन्दा बढी भाडा तिर्नु परेको बताइन्।
प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकत्वमा बसेको बैठकले अस्थायी रुट परमिट कायम र त्यसको भाडादर यातायात व्यवस्था कार्यालय सुुर्खेतलाई प्रतिकिलोमिटर १० रुपियाँ दर कायम गर्ने निर्णय थियो ।
सरकारी नियम अनुसार प्रतिकिलोमिटर भाडादर कायम गर्दा उक्त खण्डको ६सय ८० रुपियाँ हुन आउँछ। सरकारी दररेड भयता पनि निजी यातायात व्यासायहरुले मनपरी रूपमा तेब्बरभन्दा बढी असुली रहेको ऐडीले बताईन ।
यसअघि उक्त खण्डमा यातायातका साधनहरूले प्रतियात्रु १ हजार ६ सय रुपियाँ लिने गरेको थिए । संयुक्त बुकिङ काउण्टर सलीसल्लाले एक सूचना प्रकाशित गरी सलीसल्लाबाट बाजुराको कोल्टी लगायतका ११ स्थानको नयाँ भाडा कायम गरेको छ ।
सार्वजनिक गरेको सूचना जनाए अनुसार सलीसल्लाबाट बाख्रेसम्म १ सय, खच्चा २ सय, बालुकुना ४ सय, मकै ५सय, दोमुख १ हजार, पैमा १ हजार १ सय, कवाडी १ हजार २ सय भाडा निर्धारण गरिएको छ।
त्यसैगरि सलीसल्लाबाट बाजुराको धुलाचौर १ हजार ७ सय, पिलु २ हजार र कोल्टी २ हजार २ सय रुपियाँ भाडा निर्धारण गरेका छ ।
यातायात व्यवसायीले पटक–पटक इन्धनको मूल्यवृद्धि हुनु र कच्ची सडकमा गाडी गुड्ने भएको कारण भाडादर वृद्धि गर्नु परेको यातायात व्यवसायले बताए ।
स्थानीय प्रहरी प्रशासन र सडक कार्यालयको चरम लापरवाहीका कारण गरीब जनताले गाडी चढ्न नपाएको स्थानीयको गुनासो छ । ग्रामीण क्षेत्रमा चल्ने साना जिप र बोलेरो लगायत सवारीले निर्धारितभन्दा तेब्बर बढीसम्म भाडा लिइरहेको छ । दुर्गम गाउँसम्म कच्ची सडकको पुहँच त पुगेको छ ।