निःशुल्क आँखा शिविरमा चार सय बढी लाभान्वित
जेठ २४,२०७९
हुम्ला । जिल्ला अस्पातला हुम्लाका एक दिने निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा चार सय भन्दा बढीको परीक्षण गरिएको छ ।
चार सय सतिस जनाको निशुल्क उपचार गरिएको छ भने ३६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएके बताएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला आँखा उपचार केन्द्र हुम्ला, नेपाल रेड क्रश सोसाइटी जिल्ला शाखा हुम्ला, र नेपाल नेत्रज्योती संघ जिलला शाखा हुम्लाको संयुक्त रुपमा आयोजना गरेको निःशुल्क आँखा शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ ।
मंगलबार ४३७ जनाको निशुल्क उपचार गरिएको छ भने बुधबार ३६जना मोतियाविन्दु भएका आँखाका विरामीलाई अप्रेशन तथा शल्याक्रिया गरिने भएको जानकारी प्राप्त भएको छ । एकदिने निःशुल्क आँखा शिविरबाट सिमकोट, खार्पुनाथ सहित अन्य छिमेकी गाउँपालिकार्कोे उपचार पाएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।
यस्तै २६ गते जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा निःशुल्क आँखा शिविर सञ्चालन हुनेभएको जानकारी प्राप्त भएको छ ।
दुर्गम जिल्लाका नागरीको निःशुल्क उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर गोविन्द पौडेल सहितको टोलीले उपचार खटिएको छ ।