असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

फिल्को मिसन

जेठ २५,२०७९
काठमाडौं । सडक विभागले अबदेखि वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । विभागले आज सूचना सार्वजनिक गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने निर्णय गरेको हो ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले तीन महिना सडक खन्न नदिइने सूचनामा उल्लेख छ । विभागको निर्णय विपरित कसैले जबरजस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गर्ने विभागले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस