युक्रेनका लागि थप रकम सहयोग गर्ने विश्व बैंकको घोषणा

फिल्को मिसन

जेठ २५,२०७९
एजेन्सी । विश्व बैंकले युक्रेनका लागि थप रकम सहयोगको घोषणा गरेको छ । युद्धले तहसनहस परेको युक्रेनका लागि विश्व बैंकले १ दशमलब ५ अर्ब डलर सहयोगको घोषणा गरेको हो ।
योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ । २४ जनवरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ ।
युद्धका कारण पूर्वाधारहरु ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध भइरहेको छ । नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस