हुम्लामा आँखा शिविर : मोतिबिन्दु भएका ४४ जनाको शल्यक्रिया

अर्जुन बोहरा

जेठ २५,२०७९
हुम्ला । हिमाली जिल्ला हुम्लाका शिविर सञ्चालनमा ४४जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ। जिल्ला अस्पातला हुम्लाका २ दिने निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६सय ९९ भन्दा बढीको परीक्षण गरिएको छ
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला आँखा उपचार केन्द्र हुम्ला, नेपाल रेड क्रश सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा सदरमुकाम सिमकोटमा सञ्चालित शिविरमा ४४ जनाको शल्यक्रिया गरिएको हो।आँखामा मासुपलाएको ४ जान को अप्रेसन भएको छ ।
दुई दिने निःशुल्क आँखा शिविरबाट सिमकोट, खार्पुनाथ सहित अन्य छिमेकी गाउँपालिकार्कोे उपचार पाएको स्वाथ्य कार्यालय हुम्लाका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।
विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा गोविन्द पौडेले बाताए ।
उनका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो ।
आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा पौडेले बताए। बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्करुपमा गरिएको उहाँको भनाइ थियो।
जिल्लामै आँखा परीक्षणको व्यवस्था भएकामा हुम्लीबासी हर्षित भएका थिए। तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा गोविन्द पौडेको संयोजकत्वमा चिकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेकोे थियो।
अहिले सम्म सडक सञ्जालसँग नजोडिएको हुम्लामा उतरी खार्पुनाथ र सिमकोट गाउँपालिका विशेषगरि ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी भएका थिए । सदरमुकाम सिमकोटमा रहेको स्वाथ्य कार्यालयमा २ दिने शिवर संचालन गरेको छ । त्यसपछि उतरी चिनको तिब्बत संग जोडिएको नाम्खा गाउँपालिकाको याल्वाङ्ग आँखा शिविर संचालन हुने ,नेपाल रेड क्रश सोसाइटी जिल्ला शाखाका मन्त्री छेपालदोर्जेलामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस