फोटो सहितको मतदाता नामावली असार एक गते बाट संकलन

फिल्को मिसन

जेठ २५,२०७९
सिमकोट । मतदाता नामावली संकलन तथा अद्यावधिक सोमबार देखी कपिलवस्तुका सम्पुर्ण स्थानियतहबाट सुरु गरिने भएको छ ।
हुम्लामा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै फोटो सहितको मतदाता नामावली संकलन अभियान असार १ गते बाट सुरु हुने छ ।
आउँदो मंसिरमा हुने भनिएको संघ र प्रदेशको निर्वाचनलाई लक्ष्यित गर्दै जिल्लाका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सर्केगाड र जिल्ला निर्वाचन कार्यालय सिमकोट हुम्लाबाट संकलन गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयबाट मतदाताको अध्यावधिक, मतदान केन्द्र सार्ने, त्रृटी सच्याउने, नामहटाउने लगाएत नयाँ फोटो सहितको मतदाता नामवली संकल गरिने भएको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर राना बताए । फोटो सहितको मतदाता नामावली संकलनका लागि निर्वाचन कार्यालयबाट कर्मचारी खटीने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस