पौडी खेल्ने क्रममा डुबेर हुम्लाका दुई जनाको मृत्यु

अर्जुन बोहरा

जेठ २६,२०७९
बाँके । नेपालगन्जको राप्ती नदिमा पौडी खेल्ने गएका दुई जानको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका–८का लेखराज छन्त्याल र सोहि गाउँका त्रिबल शाही रहेका छन ।
हिजो (बुधबार) नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरु लाई स्थानीय सहित प्रहरीले खोजी गरिरहेको समयमा आज विहना फेला पारीको रतन शाहरीले जानकारी गराउनु भयो । मृत्यक दुबै जना नेपालगन्जमा १२ कक्षामा अध्ययन गरिरहेको शाहीले बताए ।
मृत्यक शाही बस्ने घरभेटीकै छोरा मृत्यु भएकोले मलामे गएको वेलामा पौडी खेल्न गएका दुैव जनाको मृत्य भएको हो । आजै हुम्लाका लागि जहाजको टिकटक लिएका थिए ।
मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टम गरि मृत्यका आफन्ता लाई बुझाउने प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस