नाम्खा गाउँपालिकाले आँखा सम्बन्धि विरामी लाई निःशुल्क यातयात व्यावस्थ गर्ने

अर्जुन बोहरा

जेठ २६,२०७९
हुम्ला । निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा विरामी लाई शिवर संचालन केन्द्रसम्म लैजान–ल्याउनका लागि नाम्खा गाउँपालिकाले निःशुल्क आकस्मिक यातायताको सेवा शुरु गरेको छ ।
‘हामीले जेठ २६ गतेबाट सेवा सुरु गरेका हौँ,’ नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले भने, ‘१ वडा देखि ६ वडासम्मका अशक्त, गर्ववती, ज्येष्ठ नागरिक र आँखा शिविरबाट छानिएका मोतिविन्दु विरामीहरुका आवतजावतका लागि नाम्खा गाउँपालिकाले यातायातको व्यावस्थापन गर्ने निर्णय गरियोको बताए । मुख्य गरेर आँखाका विरामीलाई हामीले शिबरसम्म लैजाने र अप्रेशन गरिसकेपछि घरसम्म छाड्ने निर्णय गरेका छौं । शिवर अवधिमा गाउँपालिकाले बस्ने र खानाको व्यस्था पनि गरेको बताए ।
उतरी हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकामा जेठ २७र २८ गते तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा निःशुल्क आँखाको शिवर आयोजन गरेको छ । यस अघि सदमुकाम सिमकोटमा रहको स्वाथ्य कार्यालयमा दुई दिने आँखा शिविर संचालन गरेको थियो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला आँखा उपचार केन्द्र हुम्ला, नेपाल रेड क्रश सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा सद नाम्खा गाउँपालिकामा शिविर संचालन हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस