अभिनेत्री नयनताराले गरिन् निर्देशक विग्नेशकसँग विवाह

फिल्को मिसन

जेठ २६, २०७९
एजेन्सी । साउथ दक्षिण भारतिय फिल्म उद्योगकी लेडी सुपरस्टार नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनको निर्देशक विग्नेश सिवानसँग बिहिबार ९आज० विवाह भएको हो ।

नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए ।
विवाहको रिसेप्शन १० जुन अर्थात शुक्रबार राखिएको छ । रिसेप्शनमा तमिलनाडुका सीएम एमके स्टालिन, शाहरुख खान, रजनीकान्त, कमल हासन, चिरञ्जीवी, सुरिया, कार्ती, विजय सेतुपति, सामन्था रुथ प्रभु लगायत साउथ र बलिउड फिल्म उद्योगमा थुप्रै सेलिब्रेटी सहभागी हुनेछन् ।

नयनतारा र विग्नेशको पहिलो पटक फिल्म सेटमा भेट भएको थियो । जुन फिल्मका निर्देशक विग्नेश नै थिए । पहिलो भेटबाटै दुबै नजिक भएका थिए । ६ बर्षको डेटपछि उनीहरुले २५ मार्च २०२१ मा इन्गेजमेन्ट गरेका थिए । नयनतारा र विग्नेशलेसँगै काम गरेको फिल्म ‘कठुवाकुला रेन्दुकढल’ गत २८ अप्रिलमा रिलिज भएको थियो । फिल्ममा विजय सेतुपति, नयनतारा र सामन्थाको मुख्य भुमिका छ । रोमान्टिक कथामा निर्माण भएको फिल्म यो विग्नेश निर्देशित नयनताराको अभिनित दोस्रो फिल्म हो ।

प्रतिक्रिया दिनुहोस