प्रकाशले ल्याए नयाँ गीत ‘मन भुल्छ’

फिल्को मिसन

जेठ २६, २०७९

काठमाडौं ।प्रकाश दुतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक भएको छ । उनकै शब्द तथा संगीत रहेको गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् । गायनमा प्रकाशलाई गायिका शान्तीश्री परियारले साथ दिएकी छन् । गीतको भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्की लगायतको अभिनय छ । मोडल गीता ढुंगानाको समेत अभिनय रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा अनिल के। मानन्धरको छायाँकन, नविन घर्ती मगरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस