पिप्लाङ गाउँमा आगलागी हुँदा २ करोडको क्षति

अर्जुन बोहरा

जेठ २८,२०७९
सिमकोट । हुम्लाको चंखेली गाउँपालिका–४को पिप्लाङ गाउँमा आगलागी हुँदा २ करोड रुपैया बराबारको क्षति भएको छ ।
सोलार व्याट्रीको तार सट भएर शुरु भएको आगो तीन घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य तीन घरमा पनि सामान्य क्षती पुगेको छ ।
शनिबार बिहान साढे १ बजे लागेको आगो बाट२ घर पूर्ण रूपमा जलेको, १ घरमा आंशिक क्षति पुगेको हो। पिप्लाङ गाउँमा आगलागीबाट १ करोड ८१ लाख ७५ हजार रुपौयाँ बराबरको क्षति भएको प्रहरीले मुचुल्कामा जनाएको छ ।पूर्ण रूपमा क्षति पुगेको सो रकम बराबर भौतिक संरचनामा क्षती पुगेको अनुमान गरिएको पिप्लाङमै रहेको प्रहरी चौकीका इन्चार्ज मोहनदत्त भट्ठले जानकारी दिनुभयो । उनका अनुसार स्थानीय कर्णबहादुर शाहीको घरबाट सोलारको विद्युत सर्ट भएर आगलागी सुरू भएको र उक्त आगलागीबाट अन्य दुई घरमा पनि सल्किएको बताए ।
शाहीको पाँच कोठे घर, लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगाएत घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने गोरबहादुर शाहीको घरपनि जलेर नष्ट भएको प्रहरीले इन्चार्ज भट्ठले बताए ।
कर्णबहादुर शाहीको २८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने जयबहादुर शाहीको २ वटा गोरु र खच्चड पनि जेलेर मरेका छन्।
जयबहादुर शाहीको घरमा छोराले केही दिन अगाडि विदेशबाट पठाएको ११ लाख नगद, २९ तोला सुन, केही चाँदी पनि जरेर नष्ट भएको पीडित पक्षले प्रहरी मुचुल्कामा उल्लेख गरेका छन्। उनको १ करोड ५०लाख बराबरको क्षति भएको प्रहरीले बताए ।
त्यसैगरी अर्का स्थानीय शेरबहादुर पालको घर आगलागीबाट आंशिक क्षति पुगेको छ। आगालागीबाट पालको तीन लाख बराबरको क्षति भएको छ। नजिकै रहेकोे प्रहरी चौकी र स्थानीय बासिन्दाले बिहान साँढे ६ बजे मात्र आगोलाई नियन्त्रणमा लिएको थियो।
मध्यराती आगलागी भएको भएपनि मानवीय क्षति भने भएको छैन्। आगालागी पीडितहरू घरवारविहीन भएका छन्।
                                                                            कर्णाली प्रदेश द्धारा राहत सामाग्री तयारी
हुम्लाको चंखेलीमा भएको आगलागी पिडितका लागि कर्णाली प्रदेश सरकारले राहत सामाग्री पठाउन तयारी गरेको छ ।
आगालगाीबाट मानविय क्षती नभएपछि अग्नी पिडितका लागि आवश्यक खाद्यन्न सहितकोे राहत सामाग्री पठाउने तयारीमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निजि सचिवालय सदस्य राजबहादुर रोकायाले बताउनु भयो ।
                                                                                 वडाअध्यक्ष शाहीले १ लाख १० हजारको राहत सहयोग
चंखेली गाउँपालिका४ का वडा अध्यक्ष पदमबहादुर शाहीले १ लाख १० हजारको सहयोग गरेको छन ।
गए राती २ बजे भएको आगलागी पिडितबाट घर जलेर नष्ट भएका कर्णबहादुर शाही र जयबहादुर शाही लाई राहत सामाग्री वितरण गरेको वडा अध्यक्ष पदबहादुर शाहीले जनाकारी दिनु भयो ।
आगलागीबाट पूर्णरुपमा क्षेती भएका दुई घर परिवार र उक्त घरमा भाडामा बस्दै आएका दुई परिवारका लागि तत्काल अत्यावश्यकीय सामाग्री सहितको राहत वितरण गरेका वडा अध्यक्ष शाहले बताए । उनले राहतमा ग्याँस चुल्हो, २ प्याक चामल, २ सेट ओड्ने ओछ्याउने कपडा, दाल, मसला, एक सेट भाँडाहरु वितरण गरेको पनि बताए ।
राहत रकम पाउनेमा घरधनी कर्णबहादुर शाही, जयबहादुर शाही र उनको घरमा बस्दै आएका रुद्र फडेरा, सपना रावल रहेका छन । स्थानीय कर्णबहादुर शाहीको घरको सोलार व्याट्रीको तार सट भउए गए राती २ बजे आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस