लिमीमा फष्टाउँदै छ,चौरी पालन व्यवसाय

अर्जुन बोहरा

जेठ २९,२०७९
सिमकोट । हुम्लाको उतरी नाम्खा गाउँपालिकामा चौरी पालन व्यवासाय फष्टाउँदै गएको छ ।
स्थानीयले सामूहिक रुपमा चौरी पालन गरेपछि उक्त व्यवसाय फष्टाउँदै गएको हो । नाम्खा गाउँपालिका–६को लिमी,वडानं ५यारी र मुचुगाउँमा चौरी श्रोत केन्द्र स्थापान गरेपछि चौरी पालन व्यवसायमा लाग्न कृषिहरु उत्साहित भएका हुन ।
करिब ५ हजार मिटरको उचाइमा रहेको“ लिमी लिङखोला कृषि तथा पशुपाल फर्म”लेस्थानीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा चौरी पालन गरेको वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
७३ वटा चौरीगाईबाट पालन सूरु गरिएको र पहिलो वर्षमै चौरी गोठ निमार्ण गरि चौरी गाईबाट दुधबाट घिउ, छुर्पी लगायतका उत्पादन गरेर गरेको बताए ।
अनुगमनका क्रममा देखिएको जिल्ला पशु अस्पताल तथा पसु सेवा कार्यालय प्रमुख ज्ञानेन्द्र बहादुर वुढथापाका अनुसार “ पहिलो वर्ष चौरी गोठ निमार्ण, ७० वटा चौरी गाई र ३ वटा भाले (याक) उपलब्ध गराएको थियो । यस बर्ष उक्त चौरीहरुबाट जन्मेका बाच्छा बाच्छी गरेर १ सय ३२ वटा थपिएको छ”बताएका छन ।
चौरी पालनका कृषकहरुमा उत्सुकता वढेको पाइएको र हिल्सा नाका खोल्दा युवाहरु रोजगारीका लागी तिब्बतमा जाने गरेको र चौरी पालन प्रति ध्यान नगएको वडा अध्यक्ष तामाङले बताए । कोरोनाका कारणले उक्त नाका बन्दा भएपछि चौरी पालन लगायतका आयाआर्जन गर्न सहज भएको वडा अध्यक्ष तामाङले जानकारी गराउनु भयो ।
नाम्खा गाउँ पालिका चौरी श्रोत केन्द्र स्थापनाका लागी पहिलो वर्ष ५९ लाख स्वीकृत भई आए बमोजिम सत प्रतिसत लगानी गरिने र समुदायबाट २६ लाख बरावरको श्रमदान गरी १ सय ११ वटा माउ चौरी किन्ने र ५ वटा भाले चौरी किन्ने भएका छन ।
नाम्खागाउँपालिका– ६ को लिमी सँगै जोडिएको वडा नं ५ यारीमा पनि चौरी श्रोत केन्द्र स्थापना गरिएको छ ।यारीमा गत वर्ष ४८ वटा चौरी वितरण गरेको र अहिले १२ वटा बाच्छा बाच्छी जन्मेर ६० वटा चौरी पुगेको छ । यो वर्ष ३५ वटा चौरी यारी चौरी श्रोत केन्द्रमा थपिएका छन् । त्यसै गरि नाम्खा गाउँपालिकाको मुचुमा पनि चौरी श्रोत केन्द्र स्थापना गरीने भएको छ ।
चौरी श्रोत केन्द्र वनाइ चरिचरन क्षेत्रको सदुउपयो गरी त्यसबाट स्थानियलाई रोजगारी दिई आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिएको बुढथापाले बताएका छन् । भौगोलिक बनावट पनि मिलेको र स्थानीयहरु पनि निकै सक्रिय रहेकोले व्यवसाय फष्टाउँदै जानेमा निश्चिन्त देखिन्छ ।
कर्णाली प्रदेश सरकार भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयको आर्थिक सहयोग बाट लिमी ,यारी र मुचु चौरी फर्म सञ्चालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस