दुर्गम बस्तिमा औषधि ढुवानी गर्न मेडिकल ड्रोन

फिल्को मिसन

जेठ २९,२०७९
सिमकोट ।दुर्गम हिमाली जिल्लाहुम्लाका बस्तीमा नयाँ जडित प्रविधि मेडिकल ड्रोनबाट औषधि ढुवानी गरिने भएको छ । सडक सञ्जाल नजोडिएको जिल्लाका अधिकाँस दूरदराजका बस्तीहरुमा ड्रोनबाट औषधि तथा अन्य उत्यावश्यक सेवा प्रदान गर्ने भएको छ।
दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन ड्रोनको प्रयोग गरिको भएकोे छ ।
अप्सन कन्सल्टटेन्सीका परामर्शदाता अनिल प्रधानले दुर्गम जिल्लामा स्वास्थ्य मन्त्रालयको सहयोगमा ड्रोनबाट औषधि तथा अन्य उत्यावश्यक बस्तु ढुवानी कार्यका लागि अध्ययन हुम्ला जिल्लामा पनि सुरु भएको बताए।
स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र अन्य आवश्यक जिम्मेवारी निकाया सँग सहकार्य गरिने छ । दुुई सदस्यीय उक्त टोलीले जिल्लाका सात वटै गाउँपालिकाका बस्तीमा पुगेर सरोकारवाला पक्षसँग सल्लाह सुुझाव लिनेछ।
टोलीले नाम्खा र सिमकोट गाउँपालिकामा सो अध्ययन गरिसकेको छ । दुवै गाउँपालिका ड्रोनबाट ढुवानी सेवा सम्भव देखिएको छ। ड्रोनबाट ढुवानी कार्य सस्तो, सजिलो र कम समयमा पु¥याउन सकिने छ । हाल कुनै स्वास्थ्य चौकीमा औषधि अभाव भए दुुईदेखि तीन दिन पैदल मार्गबाट मानिसबाट ढुवानी हुने गरेको छ।
तत्काल कुनै स्थानमा औषधि लिनुपर्ने अवस्था आए यो प्रविधि देशका अन्य जिल्लामा सफल भइसकेको कारण हुम्लाजस्ता हिमाली जिल्लामा अझै उपयोगी हुनेछ।

प्रतिक्रिया दिनुहोस