कवाडी खोलामा पौडी खेल्ने क्रममा शाही बेपत्ता, खोजि कार्य जारी

फिल्को मिसन

जेठ २९, २०७९
सिमकोट । बाजुराको कवडाी खोलामा पौडी खेल्ने क्रममा पर्वल शाही शनिबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका– ८ खोल्सीका २३ वर्षीय पर्वल शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
शनिबार दिउँसो गर्मी भएको भन्दैं साथी संग सोहि खोलामा पौडि खेल्ने क्रममा बेपत्ता भएका शाही अझै भेटिएका छैनन् ।
बेपत्ता भएका शाही एकसाता अघि मात्रै नेपालगञ्जबाट बाजुरामा रहेको स्वास्थ्यचौकी भवनको काम गर्नेको लागि आफन्तसंग आएको राम बहादुर शाहीले बताए ।

बाजुराको कवाडी खोलामा पौडी खेल्न गएको शाही लाई खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता शाहीको नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस