इन्धन आपूर्तिका लागि श्रीलङ्कामा साप्ताहिक कोटा प्रणाली

फिल्को मिसन

जेठ ३०,२०७९
एजेन्सी । श्रीलङ्काले इन्धन आपूर्तिलाई सहज बनाउन साप्ताहिक कोटा प्रणाली सुरु गर्ने भएको छ । इन्धन खरीदमा देखिएको समस्यालाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक इन्धन कोटा प्रणाली सुरु गर्न लागिएको श्रीलङ्काको ऊर्जा मन्त्रालयले जनाएको छ । सबै सवारी चालकलाई सबैभन्दा नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिनेछ र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताउनुभयो । श्रीलङ्काले गत फेबु्रअरीदेखि इन्धन अभावको सामना गर्दै आएको छ ।
यसैबीच, श्रीलङ्काले रूससँग इन्धन खरिद गर्न सकिने बताएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने भन्दै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस