इन्धन आपूर्तिका लागि श्रीलङ्कामा साप्ताहिक कोटा प्रणाली

एजेन्सी

जेठ ३०,२०७९
एजेन्सी । अमेरिकामा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग भइरहेको प्रदर्शनका बीच सिनेटरहरु बन्दुक सुरक्षासम्बन्धी कानून बनाउन सहमत भएका छन्।

अमेरिकी सिनेटरको अन्तरपार्टी समूह बन्दुक सुरक्षासम्बन्धी सम्भावित कानूनको ढाँचा तयार गर्न सहमत भएको हो। द्विपक्षीय सिनेट समूहले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, विद्यालयहरुलाई सुरक्षित राख्न र देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि आफूहरुले एउटा द्विपक्षीय प्रस्तावको घोषणा गरेको उल्लेख गरेको छ। ​

सिनेटरहरुले मानसिक स्वास्थ्य सेवा र विद्यालयमा सुरक्षाका लागि आवश्यक कुराहरुमा लगानी बढाउन पनि आह्वान गरेका छन्। घरेलु हिंसाको सजायमा कडाइ र बन्दुक किन्ने व्यक्तिहरुको पृष्ठभूमि जाँचका लागि राष्ट्रव्यापी डाटाबेस बनाउनुपर्ने उनीहरुले बताएका छन्। यस्तो कानूनमा २१ वर्षमुनीका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ।

यो प्रस्तावलाई रिपब्लिकन पार्टीका १० जना सिनेटरले समर्थन जनाएका छन्। बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने विषयमा यसअघि पटकपटक भएका छलफलहरु रिपब्लिकन सिनेटरहरुको समर्थन नहुँदा असफल भएका थिए।

केही दिनअघि भएका ठूला सामूहिक गोलीकाण्डका घटनापछि शनिबार अमेरिकाका सबैजसो सहरमा ठूला प्रदर्शन भएका थिए।

प्रतिक्रिया दिनुहोस