सुर्खेतमा फरार अभियुक्त पक्राउ

जेठ ३०,२०७९
सुर्खेतमा । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले फरार अभियुक्तलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्ठी गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई सादा पोशकामा खटिएको प्रहरीले पक्राउ गरेकोे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बताएको छ । पक्राउ पर्नेमा जिल्ला सुर्खेत वि.न.न.पा. १० बस्ने मन्जु वि.क.लाई लुकिछिपी गरेको मौका छोपी घर आएको फरार अभियुक्तलाई एकै दिन पक्राउ गर्न प्रहरी सफल छ ।
अदालतको फैसला पछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई निर्देशन दिएइको प्रहरी कार्यालय श्रोतले बताएको छ।