हुम्लाको प्रसिद्ध ‘रलिङ तिर्थ’ मेला आज र भोलि(फोटो फिचर)

अर्जुन बोहरा

जेठ ३१,२०७९
सिमकोट ।उतरी हुम्लामा रहेको सिमकोट गाउँपालिका वडानं २को प्रसिद्ध शक्तिपीठ रलिङ गुम्बा ‘रलिङ तिर्थ’मा मंगलबार र विहीबार मेला लाग्ने भएको छ।

स्थानीय भाषामा भगवना गुरु ‘पद्मसम्भव’ भनिने बिशेष लामा समुदाय र हिन्दु समुदायहरु हुम्लाको पवित्र रलिङ तिर्थस्थलमा मेला लाग्छ। हरेक वर्ष जेठ शुक्ल पूर्णिमाको पहिलो दिनमा भगवना गुरु पद्मसम्भव पुजा र दोस्रो दिन र्फुका, भगनका अधारना चाँचि,देउडा खेल लाग्छ ।
कैलाश मानसरवरकै मिनी कैलाश मानसरवरकोरुप हो भन्ने धािर्मक शास्त्रमा उल्लेख गरेको समेत लामा पुजारीले बताएका छन । तीन दिन अगाडि देखि गुरु पद्मसम्भवका पुजापाठ सुरु भएकोमा सोमबार त्यसको समापन हुने र दर्शन गर्न गएका भक्तालुहरु रातभर ब्रत बसेर मनोकांक्षा ( बर ) माग्ने गरेको धार्मिक संस्कार रहेको समेत पुजारी लामाले जानकारी गराएका छन ।
बौद्धर्धमलम्बी र हिन्दुधर्मलम्बीहरको समिश्रणको पवित्रस्थान रलिङ तिर्थस्थलमा सोमबार विहान बाटै विविभन्न गाउँबाट दर्शन गर्नको लागि भत्तालुहरु जाने र आफनो मनोआकाक्ष अनुसार बर माग्ने धार्मिक विश्सास रेहको पाईन्छ ।
स्थानीय भेषभुषामा सजिएका तीर्थालुहरुले रात भरि आफना उमेर समुहसंग देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन् । विहान लामा समुदाय गित चाँची भगवनाको भोजन गाएर दिन भरि बाजागाजा सहित स्थानीय धुच्चाँङ्ग खेल खेल्ने चलन रहेको छ ।
रलिङ तिर्थस्थलमा बिक्रम सम्वत् १२१३ को सालमा असोक चल्लको पालमा नेपाली खस भाषा लेखिएको ताम्रपत्र जस्ता ऐतिहासिक महत्वका सम्पदाहरु भेटिन्छ ।
आज पवित्र तिर्थस्थल रलिङ गुम्बामा भगवान पद्मसम्भवको पुजाआज गरि वेलुकी तोक्रा चउरमा उमेर समुहले देउडा खेल खल्ने र मिठा मिठा परिकार एक आपसमा बाँडीचुढी खाने र पाहुना लाई सत्कार गर्ने संस्कार रहेको लामा पुजारीले बताएका छन ।
हरेक बर्ष जेष्ठ पुर्णिमाकै दिनमा लाग्ने पवित्र तिर्थस्ल रलिङ गुम्बा मेला लाग्ने गरेको छ । भगवान गुरु पद्मसम्भवको पुजाआज गर्नको लागि एकादशी देखि भक्तालुहरु जाने गरेको लामा पुजारी लोप्चाङ लामाले बताउनु भयो ।उहाँका अनुसार एककादशी देखि शुरु भई पुर्णिमाको दोश्रो दिन सम्म पवित्र तिर्थमा मेला लाग्ने गरेको बताउनु भयो ।

लामा समुदायहरु सिमकोट गाउँपालिकाका दोजाम,लिमाटाङ,बरगाउँ,र्तोप्पा, बुराउँसे गाउँका स्थानिय महिला पुरुषहरु भगवानको नामा आफनै भाषामा आराधाना गर्छन भने सोहि गाउँपालिकाकै हिन्दुधर्म मान्ने वडानं १ र २ ठेहे गाउँका स्थानीय आराधाना चाँचि,मंगल र देउडा खेल खेल्छन ।
‘रलिङ तिर्थ मेलामा अन्य छिमीके गाउँपालिकाबाट समेत श्रद्धालु आउने गरेको छन । हुम्लाको सदरमुकाम सिमकोटबाट ५ किलोमिटर टाढा सिमकोट गाउँपालिका–२ मा सुन्दर डाँडामा खोल्साअवस्थित महाशक्तिपीठ रलिङ गुम्बामा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजाआराधना गर्न आउँछन्।
रलिङ तिर्थ मेलामा सभ्य र भव्य रुपमा सम्पन्न गर्नका मेलामा हुन सक्ने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर पुशु बलि र मदिराजन्य वस्तु बिक्री तथा वितरणमा रोक लगाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस