बल्ल उठ्यो सिमकोटको फोहोर

फिल्को मिसन

जेठ ३१ २०७९
सिमकोट । हुम्लाको सदमुकामा सिमकोट गाउँपालिकाको बल्ल सुखड चोकमा थुपारीएको फोहोर मंगबार बाट उठेको छ ।
बिगत १ महिना देखी सिमकोटमा चोक चोकमा रहेको फोहोर उठाउन सकेको थिएन । तर नवनिर्वाचति अध्यक्ष बिजय भण्डारी (प्रतिरोध)र उपाध्यक्ष शुशिला बम (रोकाया ) निर्वाचित भईसकेपछि पहिलो पटक बजारको चोकमा थुपारीएको फोहोर व्यवस्थापन गरेको हो । बजारबाट संकलित फोहर सडकमै थन्काईदा दुर्गन्ध बढ्दै गएको थियो ।
अध्यक्ष भण्डारीको नेतृत्वमा गएको टोलिले सिमकोट बजार ट्याक्टर लिइ आफै फोहोर उठाइ उक्त फोहोर डम्पिङसाइड सम्म पुर्याइएको हो । फोहोर उठाउने कार्यमा सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्दबहादुर रावत र सोही पालिकाका वडा नं ५ का अध्यक्ष चिन रावतको पनि सहभागिता रहेको थियो ।
हरेक हप्तामाबाट नियमित रुपमा फोहोर ब्यवस्थापनको काम अघि बढाउने भनेर सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजी रोकायाले दाबि गरेको थिए । फलस्वरुप सिमकोट गाउँपालिकालले मंगलबार बाट सिमकोटको बजारमा रहेको फोहोर उठान सुरु गरेको हो ।
एक महिनादेखि फोहर विसर्जन हुन नसक्दा सिमकोटको मुख्य चोकमा फोहर थुप्रिएको थियो । बजारबासिन्दाको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस